कास्की ।

लेखनाथ महानगरपालिका १ बगरमा पसलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै परिवारका ६ जना बिरामी भएका छन् ।

च्याउ खाएपछि भुवन घर्ति मगर, मनु कुमारी घर्ति मगर, रिना घर्ति मगर, सुमन घर्ति मगर, शुसिला घर्ति मगर र सुदिप घर्ति मगर बिरामी भएका हुन् ।

बगरमा रहेको शिक्षा कार्यालय नजिकै हरिबहादुर आचार्यको तरकारी पसलबाट आइतबार बिहान ल्याएको च्याउ पकाएर खाएपछि बिरामी भएका उनीहरुको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Views: 94

