Aamsanchar

इलाममा एक ब्यक्ति मृत फेला

Author Image
आइतवार, साउन १३, २०७५

इलाम ।

मेची राजमार्गको फिक्कल– तिनघरे सडक खण्डमा एक जना युवा मृत फेला परेका छन्।

सुर्योदय नगरपालिका– १२ कालापानी नजिकै राजमार्गमा वडा न ११ जहरसिंङ्ग गाँउका २० वर्षीय सन्दिप राई मृत अवस्था फेला परेका हुन।

मृतक राईलाई सवारी साधनले ठक्कर दिएको हुन सक्ने इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हेमराज ओलीले जानकारी दिए। दुई दिन अघि बहिनी पुर्‍याउन झापा हिडेका राई शनिवार फर्किएका थिए।

मृतकको दाहिने खुट्टा, अनुहार टाउँको र ढाडमा चोट पटक लागेको प्रहरी निरीक्षक ओलीले बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Views: 222

प्रतिक्रिया (०)