आज बिहान ९ बजेर ४० मिनेटमा उड्ने भनेको फ्लाई दुबईको विमान उड्न सकेन । विमान उड्न तयारी अवस्थामा रहेको भएपनि उड्न नसकेपछि खैलाबैला भएको थियो । कारण पछि थाहा भयो, पाइलटले मरिदा सेवन गरेका कारण विमान उड्न सकेको थिएन । फ्लाई दूबईका पाइलटले मदिरा सेवन गरेको भेटिएपछि फ्लाई दूबईको उडान रोकिएको विमान स्थल स्रोतले जानकारी दिएको छ ।


विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार फ्लाई दूबईबाटै आधिकारिक रुपमा आफ्ना विमान चालकको परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गरिएको छ । उनले मदिरा सेवन गरेर विमान उडाएको भए दुर्घटनाको सम्भावना रहेको भन्दै यात्रुहरुले चिन्ता व्यक्त गरेका छन् ।
Views: 226

