Aamsanchar

जयवर्धनेको टिमलाई ९ विकेटले पराजित गर्दै नेपालको शान्दार जीत

Author Image
सोमवार, साउन १४, २०७५

काठमाडौं,

क्रिकेटको घर मानिने विश्व प्रसिद्ध लन्डनको लर्ड्समा नेपालले जीत दर्ता गरेको छ।  मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई नेपालले ९ विकेटले पराजित गरेको हो।

वर्षाले प्रभावित भएको खेल ६ ओभरमा झारिएको थियो। उक्त खेलमा पहिले ब्याटिङ गरेको एमसीसीले ४० रन बनाएको थियो। ४१ रनको लक्ष्य पाएको नेपालले एकमात्र विकेट गुमाएर पूरा गर्‍यो।  एमसीसीले चार विकेट गुमाएर ४० रन बनाएको थियो। जसमा कप्तान महेल जयवर्धनेलेमात्र २४ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका लागि कप्तान पारस खड्का, सन्दीफ लामिछाने, शक्ति गौचन र ललित भण्डारीले एक-एक विकेट लिएका थिए।  जवाफी ब्याटिङमा आएको नेपालका लागि सुवास खकुरेलले नटआउट १६ र ज्ञानेन्द्र मल्लले १२ रन बनाए। नेपालका लागि ९ रन बनाएर अनिलक कुमार साह भने आउट भए।

उनलाई डेनियल डाउथवेटले आउट गरेका थिए।  नेपालले अर्को खेल नेदरल्यान्डसँग खेल्ने तयारी गरेको छ।  खेल हेर्न बेलायतका लागि नेपाली राजदूत र सयौँ दर्शक लर्ड्स पुगेका थिए।-थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर