Aamsanchar

वालिका निर्मलाको ५ दिनपछि आज अन्त्येष्टि

Author Image
सोमवार, साउन १४, २०७५

कञ्चनपुर ।

बलात्कार गरी हत्या गरीएकी १३ वर्षिय वालिका निर्मला पन्तको ५ दिन पछि आज ९सोमवार० अन्त्यष्टि गरीएको छ ।

आईतवार पिडित पक्ष ,प्रमुख ३ राजनितिक दल र स्थानिय प्रशासन विच , पिडितलाई उचित क्षतीपुर्ति दिनुपर्ने, घटना स्थल नजिक प्रहरी को अस्थाई विट स्थापना गर्नुपर्ने, अपराधिलाई पत्ता लगाई कडाभन्दा कडा सजाय दिनुपर्ने शव को दाहसंस्कार गर्नुपर्ने पहिलो सहमती भएपछि महाकाली नदिमा शवको अन्त्यष्टि गरीएको हो ।

विगत ५ दिन देखि हत्याको विषयलाई लिएर आन्दोलन भएपछि मृतक पन्तको शव महाकाली अञ्चल अस्पतालमै राखिएको थियो।

यता निर्मला पन्त हत्या काण्डको अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० अनुसन्धान गर्ने भएको छ । साथीको घरमा पढ्न गएर घर फर्कंदै गर्दा उखुबारीमा हत्या गरिएकी १३ वर्षीया बालिका निर्मलाको अनुसन्धानको लागि सिआइबीको टोली आईतवार कञ्चनपुर पुगेको छ । स्थानीय र जनप्रतिनिधीले घटनाको सिआइबीले छानविन गर्नुपर्ने माग गरेपछि व्युरोका डिएसपी अंगुर जिसी नेतृत्वमा तीन सदस्यीय टोली कञ्चनपुर पुगेको हो ।

स्थानीय सरस्वती उच्च माविमा कक्षा ९ मा अध्ययनरत निर्मला गत बिहीबार दिउँसो आफ्नो साथीको घरमा पढ्न भनेर गएकी थिईन् । तर उनी राति सम्म पनि घर नआएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । शुक्रबार बिहान उखुबारीमा मृत अवस्थामा फेला परेकी थिईन् ।
प्रहरीले गम्भीरतापूर्वक घटनाको अनुसन्धान नगरेको भन्दै महेन्द्रनगरमा स्थानीयले दैनिक प्रदर्शन गर्दै आईरहेका छन् । प्रदर्शनमा क्रममा शुक्रबार र शनिबार प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । विभिन्न विद्यार्थी संगठनले समेत आइतबार प्रदर्शन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी डिल्लीराज बिष्टले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले ५ जना लाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको समेत प्रहरी प्रमुखविष्टले जानकारी दनुभएको छ । यो विषय प्रतिनिधिसभा बैठकमा पनि प्रवेश गरेको छ ।

सांसदहरुले यो विषयमा गृहमन्त्रीको जवाफ माग गरेपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले निर्मलाको बलात्कार पछि हत्या भएको विषयमा सदनलाई यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरीसकेका छन ।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समय र विशेष समयमा बोल्दै सांसलदहरु दिलेन्द्र बडु, डिला संग्रौला, उमा रेग्मी, संगिता गिरी लगायतले कञ्चनपुर घटनाको विषयमा सरकारको आलोचना गर्दै जवाफ माग गरेका थिए ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर