Aamsanchar

पाडाजुंगीमा माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते,सुरुङ्गामा बस पल्टियो

Author Image
सोमवार, साउन १४, २०७५

दमक, 

झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा सोमबार बिहान माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते भएका छन् ।

इलाका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ प ८२८ नं को पूर्वबाट पश्चिमतर्फ आइरहेको माइक्रो बसले को १ क २१५८ नं को हिमाली अंग्रेजी बोर्डिङ स्कुलको बसलाई आज बिहान स्थानीय पाडाजुंगी–गौरीगञ्ज सडकतर्फ मोड्दा ठक्कर दिएको थियो ।

यसरी घाइते हुनेमा दमक–१ का १४ वर्षीया सोनिया सुनाम, नौ वर्र्षीय आशिष सुनाम, दमक–६ का सात वर्षीय शिशिर धमला, दमक–८ का १० वर्षीय युजन सापकोटा र दमक–९ का ११ वर्षीय कृष्ण ताजपुरिया रहेको ट्राफिक प्रहरी नायब निरीक्षक विनोदकुमार खतिवडाले बताउनुभयो । घाइते सबै स्कुल बसमा सवार थिए ।

घाइतेमध्ये शिशिर र कृष्णको विराटनगरस्थित न्यूरो अस्पताल र अन्य घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । दुर्घटनामा सलग्न दुबै सवारी अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता तिब्र गतिमा झापाको कांकरभिट्टाबाट धरान तर्फ जाँदै गरेको को १ ख ६०६८ नम्बरको यात्रु बस कनकाईनगरपालिका–३ सुरुङ्गामा पल्टिएको छ ।

ओभर ट्याक गर्ने क्रममा बस सडक किनारमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बसमा सवार सबै यात्रु सकुसल रहेको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर