Aamsanchar

बाढीले अर्जुनधाराको एक घर जोखिममा

Author Image
सोमवार, साउन १४, २०७५

खुदुनाबारी,

केही दिनयताको वर्षाको कारण आएको बाढीले अर्जुनधारा–५ को एक घर जोखिममा परेका छ ।

अर्जुनधारा नगरपालिकाका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण उक्त अर्जुनधारा–५ स्थित फुलबारी निवासी अञ्जना उप्रेतीको घर जोखिममा परेका हो ।

त्यस्तै अर्जुनधारा–३ स्थित आइतबारे बजारमा पनि नदीनालामा पानीको बहाब बढेसँगै आशिक रुपमा बजार क्षेत्रमा पसेको छ ।

घर जोखिममा परेसँगै अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उक्त घर संरक्षणका लागि प्लाष्टिक जाली लगाइ बाँध तत्काल कसिने प्रमुख रानाले बताए । यता आइतबारे बजार क्षेत्रको व्यवस्थापनका लागि पनि नगरपालिकाको ध्यान केन्द्रित भएको बताइएको छ ।

Views: 146

प्रतिक्रिया (०)