Aamsanchar

आदिबासी जनजाती समुदायलाई उद्घोषण तालिम

Author Image
सोमवार, साउन १४, २०७५

शान्तिनगर,

झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलाका आदिबासी जनजाती समुदायका मानिसहरुका लागि ७ दिने ब्यक्तित्व बिकास तथा उद्घोषण तालिम प्रदान गरिएको छ ।

आदिबासी जनजाती समुदायका मानिसहरु खुलेर बाहिर बोल्न नसक्ने र सभा समारोहमा उनिहरुको सहभागिता कम हुने भएकाले सो तालिम आयोजना गरिएको आदिबासी जनजाती संघ बुद्धशान्ति–७ का सचिब कनकराज राईले बताए ।

आदिबासी जनजाती संघ बुद्धशान्ति गाउँपालिका–७ ले हरियाली बालबिकास केन्द्रको सभाहलमा आयोजना गरेको तालिममा आदिबासी जनजाती समुदायका ३४ जनाको सहभागिता रहेको थियो ।

श्रावण ६ गतेबाट शुरु भएको तालिम श्रावण १२ गते सम्पन्न भएको हो । आदिबासी जनजाती संघ वडा नम्बर ७ का अध्यक्ष कमला राईको अध्यक्षतामा आयोजित समापन समारोहमा पत्रकार दिपेन लावतीको प्रमुख आथित्य रहेको थियो ।

समापन सत्रमा सहभागिको तर्फबाट रिङकु निरौला, कबिना राई, राज कुमार लावती, कोरियन तामाङ्ग लगायतले सिकेको कुरा ब्यवहारमा उतार्ने प्रतिबद्धता जनाए । शष्टकुमार राईले स्वागत गरेको कार्यक्रमको संचालन सहभागिको तर्फबाट पार्वती राईले गरेकी थिईन् । सात दिने उद्घोषण तालिमको सहजीकरण पूर्वाञ्चल दैनिकका शान्तिनगर सम्बाददाता दिपेन लावतीले गरेका थिए ।

Views: 119

प्रतिक्रिया (०)