बर्षको प्रतिक्षित चलचित्रको रुपमा रहेको चलचित्रछक्का पन्जा ३’ को पहिलो गीत सार्वजनिक भएको छ। मल्टीस्टारर चलचित्र ‘छक्का पन्जा’ सिक्वेल सधै प्रतिक्षित रहने गर्दछन्।

गीत संगीतको कारण चर्चामा रहने चलचित्रको पहिलो प्रचार सामग्री स्वरूप चलचित्रको गीत सार्वजनिक भएको हो। ‘बैना स्विकार गरेर’ गीतमा डेविड शंकर र बिन्दु परियारको आवाज रहेको छ। गीतमा दिपक शर्माको संगीत र राजेन्द्र थापाको संगीत रहेको छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार फिचर रहेका छन्। दीपकराज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, वुद्दि तामाङ, प्रियंका कार्की, संजोग कोइराला, प्रियंका कार्की, बर्षा राउत र स्वस्तिमा खड्का फिचर रहेका छन्। दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र यहि बर्षको दशैमा रिलिज हुदैछ।



Views: 244

