काठमाडौंं ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आसन्न एसियाड गेम्स र साफ च्याम्पियसिपको बन्द प्रशिक्षणमा रहेका ५ खेलाडीलाई ७२ घण्टा भित्र लिखित स्पष्टिकरण दिने निर्देशन दिएको छ ।
बायाँबाट क्रमश : अन्जन विष्ट, विमल घर्ति मगर, विशाल राई र हेमन्त थापा मगर । फाइल तस्बिर
५ खेलाडीले शुक्रबार राती डिस्को गएर मादक पदार्थ सेवन गरि हो–हल्ला गरेको भन्ने समाचार सार्वजनिक भएपछि एन्फाले खेलाडी, टोलीका प्रशिक्षक, होस्टल वार्डेन र सेक्युरिटी कम्पनीसँग पनि स्पष्टिकरण लिने निर्णय गरेको छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ र अन्य पदाधिकारीले ५ खेलाडीसँग मौखिक स्पिष्टिकरण लिएपछि लिखित स्पिष्टिकरण पनि लिने निर्णय लिएको छ । ५ खेलाडीलाई ३ दिन भित्र लिखित जवाफ बुझाउन भनेको छ । यसरी स्पष्टिकरण सोधिने खेलाडी विमल घर्तीमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापा मगर र छिरिङ शेर्पा छन् ।
त्यस्तै एन्फाले टोलीका व्यवस्थापक बाबुकाजी बस्नेत, होस्टेल वार्डेन टक्कर थापालाई ३ दिन र सेक्युरिटी कम्पनी गुरुडलाई ७ दिन भित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।
‘आज खेलाडीसँग मौखक स्पष्टिकरण सोधिएको छ,’ प्रवक्ता राईले भने,‘ थप प्रष्ट हुनका लागि ७२ घण्टाभित्र लिखित स्पष्टिकरण दिनुपर्ने हुन्छ । सोही लिखित स्पष्टिकरण पछि खेलाडीमाथि हुने कारवाहीका विषयमा छलफल हुनेछ ।’ एन्फाको सीसी टिभि फुटेजका आधारमा खेलाडीलाई स्पष्टिकरण सोधिएको प्रवक्ता राईले बताए । हाम्रो खेलकुद