Aamsanchar

पन्तको हत्यारालाई कारबाहीको माग गर्दै ज्ञापन पत्र

Author Image
मङ्गलवार, साउन १५, २०७५

काठमाडौँ, 

कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी संगठन छात्रा मञ्चले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।

मञ्चका अध्यक्ष पञ्चा सिंह र महासचिव आरती लामाको नेतृत्वमा गएको टोलीले सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा मन्त्री थापासंग भेट गरी उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ । पन्तको गत शुक्रबार राति हत्या भएको थियो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले हत्यामा संलग्नलाई पक्राउ गरिसकेको र संसद्मा पनि बहस चलिसकेकाले कारबाही गर्ने बताउनुभएको महासचिव लामाले जानकारी दिनुभयो ।

कानून फितलो भएकाले यसको फाइदा अपराधीले लिइरहेको र महिलाकोे सुरक्षित बाँच्न पाउने अधिकारसमेत गुमिरहेकोप्रति सरकार गम्भीर हुनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर