Aamsanchar

धार्मिक पद बिबादमा, शंकराचार्य नबन्दै प्रश्न उब्जियो (को हुन् हेमानन्द गिरी )

Author Image
मङ्गलवार, साउन १५, २०७५

अनन्तश्री विभूषित शंकराचार्य भन्दै हेमानन्द गिरीलाई झापाका धेरै स्थानमा अभिनन्दन गरियो,तर उनी शंकराचार्य नै नभएको भन्दै प्रश्न उठेको छ ।कन्काई नगर पालिकास्थित धार्मिकस्थल कोटीहोममा एक भव्य कार्यक्रमको आयोजना गरी प्रथम महिला शंकराचार्य गिरीलाई अभिनन्दन गरियो । त्यसको केही दिन पछि नै चन्द्रगढी र बिराटपोखरमा त्यसै गरियो ।कन्काईधाम धार्मिक विकास संस्था, स्थानीय संघसंस्था एवम् नागरिक समाज कन्काईको संयुक्त आयोजनामा शंकराचार्य गिरीलाई नागरिक अभिनन्दन गरिएको थियो । 

 नागरिक अभिनन्दन कार्यक्रममा कन्काई नगरका विभिन्न संघसंस्थाले शंकराचार्य गिरीलाई सम्मानपत्रसहित फूलमाला पहि¥याएका थिए ।कार्यक्रममा बोल्दै आयोजक संघसंस्थाका प्रतिनिधिहरुले शंकराचार्य पद भगवानपछिको पहिलो भएको बताए । ‘शंकराचार्यभन्दा माथि कुनै पद हुँदैन, यो भोट मागेर, राजनीति गरेर पाइने पद होइन, हामी नेपाली असाध्यै भाग्यमानी रहेछौ,’ उनीहरुले भनेका थिए ।नेपाली महिलाले शंकराचार्य पद पाउनु ठूलो गौरवको कुराभएको उनीहरुको भनाई थियो ।मोरङको पथर‌ी शनिश्चरेकी गिरीले हिन्दुहरुको सबै भन्दा ठूलो पदवी ‘शंकराचार्य’ बनेर नयाँ इतिहास रचेको भनी चर्चा चलिरहेको बेला उनी बिरुद्ध प्रश्न उठेको छ ।

मोरङको पथर‌ी शनिश्चरेकी गिरीले हिन्दुहरुको सबै भन्दा ठूलो पदवी ‘शंकराचार्य’ बनेर नयाँ इतिहास रचेको भनी चर्चा चलिरहेको बेला उनी बिरुद्ध प्रश्न उठेको छ ।

उनी शंकराचार्य हुने विश्वकै पहिलो महिला भएको भन्दै प्रमुख चार स्थलका मठमध्ये भारतको उत्तराखण्डको ज्योतिर्मठको शंकराचार्यका लागि गिरीले दावेदारी पेस गरेकी थिइन् । १ हजार २ सय वर्षको शंकराचार्यको इतिहासमा यसखाले दाबी गर्ने  उनी पहिलो महिला भएको जनाइएको छ । ४२ वर्षकी उनी यस अघिका शंकराचार्यभन्दा उनी उमेरले पनि कान्छी हुन् । शंकराचार्य बनेपछि विभिन्न ठाउँमा उनलाई सम्मान गर्नेक्रम पनि बढेको छ ।  २ सय जना ठूला ठूला धार्मिक गुरुहरुले शंकराचार्यका लागि आवेदन गरकोमा साध्वी गिरी उत्कृष्ठ ४ भित्र छनौटमा परेको भनेर प्रचारित गरिएको छ । तर, काँशी विद्धत् परिषदले हेमानन्द गिरीले आफू नेपालस्थित पशुपति मठको शंकराचार्य भएको भनी गरेको दाबीलाई अवैध ठहर गरेको छ ।
परिषदद्वारा जारी एक वक्तव्यमा कुनै व्यक्तिलाई शंकाराचार्य छनौट गर्न स्पष्ट योग्यता र प्रक्रिया निर्दिष्ट गरिएको र भारतको चार दिशामा (काँशी, द्धारका, पुरी र बद्री मठ) मा बाहेक अन्य कुनै पनि मठमा ‘अभिषिक्त’ सन्यासीलाई शंकाराचार्य भन्न नमिल्ने बताइएको छ । परिषदका अध्यक्ष रामयव शुक्ल, वरिष्ठ उपाध्यक्ष प्रो .वशिष्ठ त्रिपाठी र महामन्त्री प्रो .शिवजी उपाध्यायको हस्ताक्षर सहित नेपालमा नियुक्त तथाकथित शंकराचार्यको सन्दर्भमा स्प्रष्ट पारेका छन् ।

काँशी विद्धत परिषद, वाराणासीको तर्फबाट आफ्नो भनाई राख्दै विभिन्न पत्रपत्रिका तथा व्यक्तिगत सूचनाका आधार मा  हेमानन्द गिरीलाई नेपालको पशुपति मठको शंकराचार्यका रुपमा स्थापित गरिएको जानकारी प्राप्त भएको भन्दै  काशी विद्धत परिषदको वाराणसीको धारणा सार्बजनिक गरेको छ । विज्ञप्तीमा उल्लेख गरिए अनुसार, भगवतपाद आदि शंकराचार्यद्धारा भारत वर्षको चार दिशामा चार मठ स्थापित गरिएका छन् ।
ती मठहरुमा विधिवत अभिसिक्त वीरराग सन्यासीलाई मात्र शंकराचार्य पद हासिल हुन सक्छ । ती चार मठ बाहेक अन्यत्र कुनै पनि मठमा अभिसिक्त सन्यासीलाई शंकरचार्य मान्न सकिन्न । शंकराचार्य हुनका लागि आवश्यक योग्यताबारे मठान्यायमा आदि शंकराचार्यद्धारा निर्देशन जारी गरिएको छ ।केही महिना यता नेपालकी हेमानन्द गिरीले आफु बद्री मठको शंकराचार्य सँगै उक्त हैसियत हासिल गर्ने पहिलो महिला भएको दावी सार्वजनिकरुपमा गरेकी थिइन

को हुन् हेमानन्द गिरी ? पहिलो‌ महिला शंकर‌ाचार्य भनिएकी हे‌मानन्द गिर‌ी पहिला ने‌पाली काँग्रेसकी  ने‌तृ हुन् । ने‌पाल विद्यार्थी संघकी के‌न्द्रीय सदस्यसम्मको‌ है‌सियत बनाएकी हे‌मानन्दको‌ वास्तविक नाम हे‌मा ढुङ्गाना हो‌ ।ने‌पाल विद्यार्थी संघको‌ र‌ाजनीति गर‌े‌की उनी तत्कालीन कांग्रे‌स ने‌ता विजयकुमार‌ गच्छे‌दार‌ र‌ खुमबहादुर‌ खड्का निकट भएर‌ काम गर‌े‌की थिइन् । शे‌र‌बहादुर‌ दे‌उवाले‌ कांग्रे‌स टुत्र्याउँदा संस्थापन कांग्रे‌समा र‌हे‌र‌ र‌ाजनीति गर‌े‌की जानकार‌ बताउँछन् ।

 

मो‌र‌ङको‌ पथर‌ीलाई कर्म क्षे‌त्र बनाएर‌ बसे‌की हे‌माले‌ सो‌ बे‌ला पथर‌ी हसहन्द क्षे‌त्रमा ट्युवे‌ल वितर‌ण कार्यक्रम ल्याएर‌ वहावही कमाएकी थिइन् । गच्छे‌दार‌ भौ‌तिक यो‌जना मन्त्री हुँदा उनको‌ अग्रसर‌तामा बने‌को‌ पथर‌ी खो‌ला पुललाई हे‌मा ढुङ्गाना पुल नामकर‌ण समे‌त गर‌ाएकी थिइन ।
पहिलो‌ संविधानसभाको‌ निर्वाचनमा ने‌पाली कांग्रे‌सबाट समानुपातीक उम्मे‌द्वार‌ बन्ने‌ यो‌जनामा र‌हे‌की उनलाई पार्टीले‌ नपत्याएपछि गच्छे‌दार‌को‌ मधे‌सी जनअधिकार‌ फो‌र‌मकी समानुपातिक उम्मे‌द्वार‌ बने‌की थिइन् । समाजसे‌वाका साथमा यो‌ग गुरु बने‌पछि उनी ने‌पालभर‌ बाबा र‌ामदे‌वको‌ पाञ्जली यो‌ग कि गुरु बने‌र‌ विभिन्न स्थानमा यो‌ग अभ्यास गर‌ाउँदै‌ हिँडिन् ।
यही क्रममा गत स्थानीय निर्वाचनमा पथर‌ी शनिश्चर‌े‌ नगर‌पालिकाको‌ मे‌यर‌मा स्वतन्त्र उम्मे‌द्वार‌ी दिएकी उनी आखिर‌ी समयमा र‌ाप्रपा ने‌पालकी अधिकार‌ीक उम्मे‌द्वार‌ बने‌की थिइन् । विवाहित र‌हे‌पनि पछिल्लो‌ समय पार‌पाचुके‌ गर‌े‌र‌ धार्मिक कार्यमा संम्लग्न र‌हे‌की हे‌माका पूर्व श्रीमान् प्रहर‌ी से‌वामा कार्यर‌त र‌हे‌का छन् ।

तस्वीरहरु केहीदिन अगाडी  कन्काई धाम धार्मिक विकास संस्थाले आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा आमसंचारकर्मी कमल पाण्डे विनोदले खिचेका हुन ।

समाचार  (साभार  बिर्ताज्योति साप्ताहिक )

आफुले यसरी पाएकी हु शंकराचार्य र पशुपतीनाथ पिठाधिशको पद : हेमानन्द गिरी (भिडियो)
प्रतिक्रिया व्यक्त गर्नुहोस्
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 477

प्रतिक्रिया (०)