Aamsanchar

वडा कार्यालयलाई पचास लाखको जग्गा दान

Author Image
मङ्गलवार, साउन १५, २०७५

दमक ।


झापामा एक दाताले ५० लाख रुपैंया मूल्य पर्ने जग्गा वडा कार्यालयलाई दान गरेका छन् ।

जिल्लाको जुरोपानीका बासिन्दा घनश्याम जोशीले गौरादह नगरपालिका– ८ को वडा कार्यालय भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान गरेका हुन्।

जोशीले उक्त जग्गा वडा कार्यालयको नाममा रजिष्टे«शन पास गरेका हुन्। मुख्य सडकबाट वडा कार्यालयसम्म पुग्न सहायक बाटोका लागिसमेत निःशुल्क जग्गा दिने जोशीसँग सहमति भएको वडाध्यक्ष भूमिराज पोखरेलले जानकारी दिए । उनले आगामी मंसिरदेखि भवन निर्माण थाल्ने बताए ।

गौरादह नगरपालिकाको वडा नं १, ५, ६, ७ र ९ को आफ्नै भवन छ । वडा नं २, ३, ४ र ८ को वडा कार्यालयको कामकाज भने हाल भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।

Views: 212

प्रतिक्रिया (०)