Aamsanchar

बालिकाको डुबेर मृत्यु

Author Image
बिहिवार, साउन १७, २०७५

बिर्तामोड ।

झापाको मेचीनगर नगरपालिकामा एक बालिकाको डुबेर मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–७ सतिघट्टा नजिकैको पैनीमा डुबेर बुधबार दिउँसो सोही स्थानकी सञ्जु दर्जीकी एक वर्षकी छोरी नेत्रकुमारी दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बालिकालाई पैनीमा डुबेको अवस्थामा फेला पारेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

Views: 133

प्रतिक्रिया (०)