Aamsanchar

जग्गामा अनियमितता भएको आशंका कर्मचारीलाई स्पष्टीकरण

Author Image
बिहिवार, साउन १७, २०७५

नवलपरासी ।

पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीमा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको जग्गा बिक्रीका लागि गरिएको बोलपत्र प्रक्रियामा अनियमितता भएको आशंकामा कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ ।

सो प्रक्रियामा अनियमितता भएको आशंकामा राष्ट्रिय आवास कम्पनी लिमिटेड केन्द्रीय कार्यालय काठमाडौँले राष्ट्रिय आवास कम्पनी योजना कार्यालय बर्दघाटका कार्यालय प्रमुखसहित अन्य कर्मचारीलाई केन्द्रीय कार्यालयले स्पष्टीकरण सोधेको हो ।

योजना कार्यालय प्रमुख महेन्द्र थापा, लेखा शाखाका प्रमुख बेनी सागर अधिकारीलाई स्पष्टीकरण सोधिएको राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक दूतबहादुर गुरुङले जानकारी दिए।

जिल्लास्थित कम्पनीको योजना कार्यालय बर्दघाटका कर्मचारी र अन्य सरोकारवालाको मिलेमतोमा बर्दघाट–२ (साबिक माकर–२ ग) चिसापानीमा कित्ता नं १३१० को करीब तीन बिघा एक कट्ठा जग्गा सस्तो मूल्यमा बिक्री गर्न खोजिएको थियो । टेण्डर प्रक्रियाबारे स्थानीयवासीले पारदर्शी नभएको जनाउँदै विरोध जनाएपछि राष्ट्रिय आवास कम्पनी लिमिटेडले सो बोलपत्रहरु अस्वीकृत गरेको थियो ।

Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर