भीमदत्तनगर ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धानलाई तीव्रता दिएको छ ।

घटनामा कञ्चनपुर प्रहरीको उदासीनता भएको भन्दै स्थानीयवासीले महेन्द्रनगरमा विरोध प्रदर्शन गर्दै दबाब दिएपछि सिआइबीको टोलीसमेत कञ्चनपुर पुगेर घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

घटनाको चार दिनपछि बालिकाको दाहसंस्कार गरिए पनि घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै त्यहाँ प्रहरीमाथि दैनिक दबाब बढेको छ । बिहीबार बिहानसमेत महेन्द्रनगरमा विद्यार्थीले निर्मलाका हत्यारालाई कानूनी दायरामा ल्याउनाका साथै सुरक्षाको प्रत्याभूत हुनुपर्ने माग गर्र्दै प्रदर्शन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको बताउँदै उपलब्धि प्राप्त नभएको जानकारी दिए।

