विराटनगर ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय उद्घाटनपछि बिहिबार पत्रकारसँगको भेटघाटमा उनले सो कुरा बताएका हुन् ।

उनले जनदबाब सिर्जना गर्न र सडकमा संघर्ष गर्ने अवस्था आउन नदिनेतर्फ सरकार गम्भीर हुनुपर्छ भन्दै संसद्मा अवरोध र सडक संघर्ष गरेर मुलुकको समस्या समाधान नहुने विचार व्यक्त गरे ।

अध्यक्ष थापाले देश संघीय संरचनामा प्रवेश गरिसकेपछि आफ्नो पार्टी पनि सोहीअनुसार अघि बढ्ने भन्दै हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र पार्टीको उच्च प्राथमिकता भएको धारणा ब्यक्त गरे ।
Views: 108

