Aamsanchar

कांग्रेसले प्रतिनिधिसभा बैठक बहिष्कार गर्‍याे

Author Image
बिहिवार, साउन १७, २०७५
काठमाडौं,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेसले मन्त्रीसँगको प्रश्नाेत्तरको व्यवस्था माग गर्दा सभामुखले उपलब्ध नगराएपछि कांग्रेस बैठक बहिष्कार गरेको हो ।

प्रतिपक्षी दलका सांसदहरुले विरोध गर्दे उभिइरहेका बेला सभामुखले कार्यसूची अनुसारका कार्यक्रम अघि बढाएपछि कांग्रेसका सांसहरु बैठक कक्ष छोडेर बाहिरिएका हुन् ।

Views: 183

प्रतिक्रिया (०)