Aamsanchar

सूचनाको हकबारे पत्रकारलाई प्रशिक्षण

Author Image
शुक्रवार, साउन १८, २०७५

इटहरी, 

राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी अधिकारका विषयमा जिल्ला तहमा प्रशिक्षक प्रशिक्षण उत्पादन गर्ने उद्देश्यले आयोजित दुई दिने प्रशिक्षण तालीम शुक्रबारबाट यहाँ प्रारम्भ भएको छ ।

पूर्वी नेपालको झापा मोरङ सुनसरी र धनकुटा जिल्लाको नेपाल पत्रकार महासंघका जिल्ला सभापति एवं अन्य सञ्चारकर्र्मीसहित उक्त प्रशिक्षक प्रशिक्षण तालीममा ३५ जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।

तालीममा सहभागी भएका सञ्चारकर्मीलाई जिम्मेवार पत्रकारिताको माध्यमबाट आम नेपाली जनतालाई सूचनाको हकसम्बन्धी संविधानबाट प्राप्त अधिकार सुनिश्चित गराउन भूमिका खेल्ने विषयमा ज्ञान एवं दक्षता प्रदान गरिने छ ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले तालीमको शुभारम्भ गर्दै संविधानले प्रत्याभूत गरेका नागरिकको सूचनाको हकका विषयमा व्यवस्था गरेको अधिकार उपभोग गर्न पाउने अधिकारको सुनिश्चितताका लागि सञ्चारकर्मीले इमान्दारीपूर्वक ज्ञानसहित कार्यक्षेत्रमा सक्रियता बढाउनु पर्ने बताउनु
भयो ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई आयोगका सूचना आयुक्त किरण पोख्रेल, एशोदा तिम्सिना र आयोजक सचिव मणिराम ओझा तथा केदार रायमाझीले सहजीकरण गरी राष्ट्रिय सूचना आयोगले अघि सारेको सूचनाको हकसम्बन्धी नागरिक अधिकारलाई जनताका माझमा पु¥याउनु पर्ने दायित्वबोधको ज्ञान दिने कार्यक्रम रहेको छ ।

Views: 124

प्रतिक्रिया (०)