Aamsanchar

सोमपाल र पारसले अर्धशतक, नेदरल्यान्ड्सलाई २१७ रनको चुनौती

Author Image
शुक्रवार, साउन १८, २०७५

काठमाडौं,

नेदरल्यान्ड्सविरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालले  २१७ रनको चुनौति दिएको छ।  ४८. ५ ओभरमा अलआउट हुँदै नेपालले २१६ रन बनाएको हो।

नेपालका लागि बलर सोमपाल कामीले सर्वाधिक ६१ रन  बनाए भने  कप्तान पारस खड्काले ५१ रन बनाए।  कामीले ४६ बल खेल्दा पाँच चौका र तीन छक्का हानरे ६१ रन बनाएका थिए।

त्यस्तै कप्तान पारस खड्का ६९ बल खेल्खा ६ चौका र दुई छक्काको सहयताले ५१ रन बनाएका थिए।  नेपालका लागि अन्य खेलाडी आरिफ शेखले १६ रन, ज्ञानेन्द्र मल्ल १३, सुवास खकुरेल १९ रन, सन्दीप लामीछानले  ८ , अनिल साह ४, दिपेन्द्रसिंह ऐरी १९ र रोहित पौडेलले ६ रन बनाए।

ललित भण्डारी ४ रनमा नटआउट रहे। नेपालले नेदल्यान्ड्स विरुद्धको पहिलो एक दिवसीय खेलमा ५५ रनले पराजित भएको थियो। पहिलो खेलमा नेपाललाई नेदरल्यान्डस् १९० रनको चुनौति दिएको थियो। -थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)