Aamsanchar

४ लाखको मदिरासहित सात जना पक्राउ

Author Image
शनिवार, साउन १९, २०७५

सुनसरी । 

प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका ४ बाट अवैध मदिरा सहित सात जनालाई नियन्त्रणमा लिएको छ।नेपालबाट भन्सार छली गरी भारततर्फ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएका प्रहरी टोलीले करिब १ लाख २९ हजार ७ सय ५० रुपैया बराबरको मदिरा, नम्बर नभएको २ वटा मोटरसाइकल सहित ७ जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा जिल्ला सुनसरी देवानगन्ज गाउँपालिका २ बस्ने वर्ष ३२ को अमरेश भन्ने अमरकान्त यादव, भारत अररिया जिल्ला नवावगन्ज ११ बस्ने वर्ष १५ को विप्लव कुमार यादव, सोही ठाउँ बस्ने वर्ष १९ को बिकास कुमार शर्मा, वर्ष ३० को सुवास यादव, वर्ष ४१ को सरद यादव, वर्ष २५ को बिकास कुमार यादव र वर्ष २० को श्रवण कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार विशेष सुचनाका आधारमा देवानगन्ज गाउँपालिका ४ स्थित नेपाल भारत सीमाना नजिकै १५ जनाको समुह टाउकोमा बोरा बोकेर भारततर्फ जादै गरेको देखेपछि उनीहरुलाई पक्राउ गरी बोरा चेकजाँच गर्दा ५ हजार १ सय ९० बोतल उमङ र दिलवाले नाम गरेको मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नजिकै खेतमा समेत मदिराका कार्टुन थुपारेर राखेको अवस्थामा प्रहरीले फेला पारेको छ। बरामद मदिरा तथा मोटरसाइकलको अन्दाजी मूल्य ४ लाख २९ हजार २ सय ५० रुपैया रहेको र शुक्रबार आवश्यक कारवाहीका लागि सेतुबन्ध भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Views: 166

प्रतिक्रिया (०)