Aamsanchar

भाबुक हुँदै अशोकले भने – पहिले बाटोमा १० रुपैयामा पसिना निकाल्दै गीत गाउथे, अहिले हिरो र प्रधानमन्त्रीलाई भेट्न पाँउदा खुसी छुु

Author Image
शनिवार, साउन १९, २०७५

काठमाडौं ।

पछिल्लो समय निके भाइरल भइरहेका बाल गायक अशोक दर्जीले प्रधानमन्त्री केपिशर्मा ओलीसँग भेट गरेका छन् ।आज शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुगि अशोकसँगै गायक तथा संगीतकार टंक बुढाथोकी, रुपक सापकोटा र एआर बुढाथोकीले भेट गरेका हुन् । प्रधानमन्त्री ओलीले भेटमा अशोकको निकै राम्रो प्रतिभा भन्दै प्रसंसा गरे ।

ओलीले आफूलाई संगीत निकै मनपर्ने भएकाले पनि संगीतप्रेमी धेरैलाई मायागर्ने गरेको बताए ।भेटमा प्रधानमन्त्री ओलीलाई झापामा बन्दै गरेको अशोकको घर हन्तान्तरण कार्यक्रममा आइदिन अनुरोध गरिएको छ । यसबिषयमा ओली सकारात्मक भएको गायक टंकले जनाएका छन् । केके भयो भिडियोमा हेर्नुहोस् ।

Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर