Aamsanchar

बम बिस्फोट गराएको आरोपमा बिप्लव माओवादीका कार्यकर्ता प्रहरीको नियन्त्रणमा

Author Image
शनिवार, साउन १९, २०७५

इटहरी ।

पूर्वी पहाडी जिल्ला संंखुुवासभामा रहेको अरुण तेस्रो जलबिधिुत परियोजनाको कार्यलयमा बम बिस्फोट गराउने बिप्लव माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले अरुण तेस्रोमा आगजनी र बम बिस्फोट गराउने डिबी सिलवाललाई पक्राउ गरेको हो । यस्तै इटहरी लगायतका ठाँउमा बम बिस्फोटमा संलग्न बिप्लवका कोशी इञ्चार्ज पुष्प कोइरालालाई समेत प्रहरीले इटहरीको हलगडा र तरहरा आसपासबाट पक्राउ गरेको हो । यस्तै सागर राई, छिरिङ शेर्पा र जनक निरौला छन् ।

प्रहरीले उनिहरुलाई तरहरा, हलगडा, आईतबारे आसपासबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । डिबी सिलवाल बिरुद्ध संंखुुवासभामा तिनवटा मुद्धाका फरार अभियुक्त रहेको प्रहरीको भनाई छ । त्यस्तै पुष्प कोइरालाको पनि सुनसरी र संंखुुवासभामा मुद्धा दर्ता भएका व्यक्ति हुन ।

उनिहरु बिरुद्ध बम बिस्फोट सम्बन्धि मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । विभिन्न आपराधिक घटनामा संलग्नहरुको खोजी कार्य तिब्र बनाइएको प्रदेश प्रहरीले जनाएको छ ।

Views: 209

प्रतिक्रिया (०)