Aamsanchar

तपाईलाई थाहा छ ? सेक्सका १० रोचक तथ्य

Author Image
शनिवार, साउन १९, २०७५

एजेन्सी ।

यौन मानव जीवनको एउटा पाटो हो । यसप्रति धेरै मानिसको चासो हुन्छ । त्यसैले यौनसँग सम्बन्धित विषयहरुमा हाम्रो बढि रुची हुन्छ । तर यति धेरै रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन सम्बन्धि विभिन्न मानवीय गुण तथा व्यवहार र तथ्यको बारेमा जानकारी नहुन सक्छ ।

हामीले यहाँ यौन सम्बन्धी पुरुषका १० रोचक तथ्यबारे जानकारी दिदैछौं । जुन यसप्रकार छन् ।

१. अक्जिटोसिन हर्मोनले सम्भोगका बेला महिलालाई मात्र प्रभावित गर्ने मान्यता यसअघि थियो । तर पछिल्लो अध्ययनले के देखाएको छ भने यो हर्मोनले महिला र पुरुष दुबैमा यौनिक सक्रियता बढाउँछ र पुरुषमा सम्भोगका बेला आत्मविश्वास वृद्धि गर्छ ।

२‌. सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट महिलाको यौनांग हुँदै पाठेघर सम्म पुग्छन् । विर्यमा लाखौँ शुक्रकिट हुने भएपनि केवल एउटा शुक्रकिटले मात्र डिम्ब सँग मिल्ने मौका पाउँछ । डिम्ब र शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ र भ्रुणको विकाश हुन थाल्छ । पाठेघरमा पुगेका अरु शुक्रकिट सोही डिम्बको वरीपरी जम्मा हुन्छन् । डिम्बको वरीपरी शुक्रकिटको थुप्रो देखिनुको अर्थ के हुन्छ भने त्यहाँ भित्र शुक्रकिट र डिम्बबीच मिलन भएको छ अर्थात् गर्भाधारण भैसकेको छ ।

३. टेस्टेस्टेरोन पुरुषको सेक्स हर्मोन हो । तर यदि पुरुषको सरीरमा उच्च मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असर नकारात्मक हुन्छ । सरीरमा उच्च टेस्टेस्टेरोन उत्पादन भएमा पुरुषमा सेक्सको इच्छा कम हुन्छ, उसले विवाहबाट आफ्नो अपमान भएको सम्भिmन्छ जसका कारण उसको वैवाहिक र यौन जिवन बिथोलिन्छ ।

४. विश्वमा सेक्सका बेला मानिसको मृत्यु हुने गरेका विभिन्न घटना आउने गर्छन् । खासगरी बढि मदिरा सेवन गर्ने, असन्तुलित भोजन गर्ने, कलेजोका रोगी तथा परस्त्रीसँग सम्बन्ध गाँसेका पुरुषहरु सेक्सका दौरान प्राणत्याग गर्ने जोखिम बढि हुन्छ ।

५. पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ । बिसमा एक जना पुरुष असामान्य व्यवहार गर्दै सेक्स गर्न आनन्द मान्छन् । पुरुषहरु सेक्सको मामिलामा सामाजिक बन्धन तोड्न तयार हुन्छन् ।

६. जुन पुरुषलाई सेक्सका बेला चरम आनन्द प्राप्त हुन्छ उसलाई क्यान्सर हुने खतरा हुन्छ ।

७. महिला भन्दा पुरुष मान्छे छिटो प्रेममा फस्छन् ।

८.  साहिँली औँलाको लम्बाइले पुरुषको लिंगको लम्बाइको बारेमा अनुमान गर्न सकिन्छ ।

९.खानपानले मानिसको सेक्सको क्षमतामा सबैभन्दा धेरै असर पार्छ ।

१०.  पारिवारिक अवस्थाले पुरुषको सेक्स हर्मोन टेस्टेस्टेरोनलाई प्रभावित गर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 320

प्रतिक्रिया (०)

सम्बन्धित खबर