नेपालले आफ्नो एकदिवसिय खेलमा जित निकालेपछि विश्वस्तरबाट नेपाली क्रिकेटटिमलाई बधाइ दिने क्रम चलेको छ । पहिलो खेलमा ५५ रनको पराजयलाई बिर्सँदै नेपालले दोस्रो खेलमा १ रनको रोमाञ्चक जित आत्मासाथ मात्रै गरेन, ऐतिहासिक सिरिज पनि एक–एकको बराबरी गर्न सफल भयो ।
हिजोको खेलमा सोमपाल कामी, पारस खड्का ब्याटिङमा चम्किएका नायकहरु हुन् । सोमपाल कामीले हिजो अलराउण्डर प्रदर्शन गरेका थिए । ४६ बल खेलेका सोमपालले ६१ रन बनाउनु नै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा बनाएको सबैभन्दा ठूलो स्कोर पनि हो । उनले दरिलो पारीले नेपालको स्कोर बलियो बनेको थियो ।
जुन अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालबाट अर्धशतक बनाउने तेस्रो खेलाडी पनि सोमपाल कामी सफल भए । हिजो व्यांटिङमा कप्तान पारस खड्का पनि चम्किएका थिए । उनले ६९ बलमा ५१ रन बनाए । पाँचौ विकेटका रुपमा रोहित पौडेलसँग जम्मा १६ रनको साझेदारी गर्न पाएका पारसले आरिफ सेखसँग भने ४७ रनको साझेदारी गरे ।
बलिङमा सोमपाल कामी, सन्दिप लामिछाने, दीपेन्द्रसिंह ऐरी, पारस खड्का चम्किएका थिए । १० ओभर बलिङ गरेका सोमपालले ४१ रन खर्चिएर १ विकेट लिए । उनको धारिलो बलिङलेनै नेदरल्याण्ड्सको विकेट पतन सुरु भएको थियो । त्यस्तै सन्दीपले ३ विकेट लिए । उनले ड्यानिएल डे ब्राक र वेस्ले वारेसीको मजबुत साझेदारी तोड्दै नेपालको पक्षमा खेल फर्काउन ठूलो योगदान गरे । समग्रमा सन्दीपले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए ।
उनी अलराउण्डर भए पनि अन्तिम ओभरको बल खासै लिने गरेका थिएनन् । अन्तिम ओभरमा जितका लागि नेदरल्याण्ड्सलाई ६ रन मात्र आवश्यक थियो । उनले अन्तिम ओभरको पहिलो बलमा १ रन दिए, दोस्रो बल डट गराएका पारसले तेस्रो बलमा १ रन खर्चिए । चौथो बलमा २ रन खर्चिएपछि नेपाल झनै दबाबमा आयो । २ बल २ रन नेदरल्याण्ड्लाई चाहिएको थियो । पाँचौ बलमा उनले रन दिएनन् र अन्तिम बलमा नेदरल्याण्ड्सलाई जितका लागि २ रन आवश्यक थियो भने स्कोर बरबारी गर्न १ रन काफी थियो । कप्तान खड्काले फिल्डरहरुलाई ३० यार्ड भित्र राखेर बलिङ गरे ।
अन्तिम बल फालेपछि उनैका हातमा बल आइपुग्यो र नेदरल्याण्ड्सका कप्तान कलासनलाई आउट गरेपछि नेपाली टिम तथा समर्थकहरु १ रनको जितका साथ खुसी मनाउन थाले । ७१ रन बनाएर नेपाली टिमका लागि टाउको दुखाई भइरहेका बेला ऐरीले ३६ औं ओभरमा एलबीडब्ल्यू आउट गराएर नेपाललाई खुसी बनाएका थिए । ५ ओभर बलिङ गरेका दीपेन्द्र १ मेडन रख्दै १९ रन खर्चेर १ विकेट लिए । र कप्तान पारस खड्काको विषयमा जति चर्चा गरे पनि कम हुन्छ । उनकै सुझबुझपूर्ण बलिङका माध्यमले नेपालले नेदरल्याण्ड्समाथि एक रनको रोमाञ्चक जित हात पारेको हो ।