Aamsanchar

लक्ष्मीपुरमा कनकाई विकास बैंकको १६औं शाखाको उद्घाटन

Author Image
शनिवार, साउन १९, २०७५

बिर्तामोड।

झापाको दमकमा केन्द्रीय कार्यालय रहेको कनकाई विकास बैंक लिमिटेडले कनकाई नगरपालिका– ८ लक्ष्मीपुरबाट सेवा शुरु गरेको छ ।

‘ख’ वर्गको मान्यता प्राप्त बैंकले १६औं शाखाको रुपमा बिहीबारदेखि लक्ष्मीपुरमा सेवा शुरु गरेको हो । कनकाई विकास बैंक लक्ष्मीपुर शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष सेवक दाहाल र पूर्व अध्यक्ष माधव पराजुलीले संयुक्तरुपमा गरेका थिए । झापा, मोरङ र इलाम जिल्लालाई कार्य क्षेत्र बनाएर २०६४ सालदेखि सेवा सञ्चालन गर्दै आएको बैंकको झापामा सातवटा, मोरङमा चारवटा र इलाममा चारवटा शाखा सञ्चालन भइरहेका छन् ।

बैंकको लक्ष्मीपुर शाखामा रेखा कार्कीलाई शाखा प्रमुखको जिम्मेवारी दिएको बताइएको छ । बैक सञ्चालक समितिका अध्यक्ष सेवक दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्यले स्वागत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, कनकाई नगरपालिका वडा नं. ८ का अध्यक्ष प्रेमबहादुर कटुवाल, वडा नं. ९ का अध्यक्ष प्रेमप्रसाद राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बैंकका पूर्व अध्यक्ष माधव पराजुलीले बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने भएकाले कनकाई विकास बैंकले ग्राहकलाई बढीभन्दा बढी सेवासुविधा उपलब्ध गराउने बताए ।

त्यस्तै बैंक सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले कनकाई विकास बैंकले हाल ३५ हजारभन्दा बढी ग्राहकलाई बैकिङ सेवा प्रदान गर्दै आएको बताए । उनले बैकले आर्थिक बर्ष २०७४÷०७५ मा करिव एक अर्ब ८८ करोड निक्षेप संकलन र एक अर्ब ६७ करोड कर्जा प्रवाह गरी सात करोड सञ्चालन मुनाफा हासिल गरेको जानकारी दिए । त्यस्तै बैंकको चुक्तापुँजी ५० करोड रहेको समेत जानकारी दिए । बैंकले एमएमएस बैंकिङ, मोबाइल बैंकिङ, अन्तर बैंक भुक्तानी (आइपीएस) सेवा तथा शेयर कारोबारका लागि आश्वा सेवा समेत सञ्चालनमा ल्याएको जानकारी दिए ।

कार्यक्रममा कनकाई नगरपालिका वडा नं. ८ कि वडा सदस्य सुनिता खरेल, सहकारी संस्था दुर्गापुरका अध्यक्ष गोपाल उप्रेती, व्यवस्थापक विष्णुप्रसाद चुडाल, शम्भु पोखरेल, जीवनकुमार श्रेष्ठ, देवराज शर्मा, भरत सिटौला लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन बंैकका कर्जा प्रमुख भरत खनालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)