विष्णुप्रसाद पोखरेल
दमकरझापाको दमकमा ब्यापारीहरु बैकको दादागिरीका कारण समस्यामा परेकाछन् । बिना सुचना ब्याज बढाएर असुल गर्न थालेपछि दमकका ब्यवसायीहरु ठुलो समस्या परिरहेको पाईएको हो ।

दमक एक ब्यवसायीले भने, बोल्दा पनि अहिले तत्काल पैसा तिर्न सक्ने अवस्था छैन, नबोल्दा पनि जानकारी नदिइ डल्लाएर ब्याज जोडेर लिन थालेछ । उनले यस बिषयमा खुलेर बिरोध गर्दा पछि ऋण नपाउने दुखेसो गरे ।

डेढ बर्ष अघि यसरीनै ब्यवसायीलाइ दुख दिएपछि दमक उद्योग बाणिज्य संघले छलफल चलाएर बैकहरुलाइ त्यस्तो कार्य नगर्न र जानकारी गराएर मात्र ब्याज बृद्धि गर्न आग्रह गरेको थियो ।

यस बिपरीत बैकहरुले ब्यवसायीहरु मारमा पर्ने गरी ब्याज बढाएपछि कतिपय ब्यवसायीहरु टाँट पल्टने अवस्थामा पुग्ने समेत बताइन्छ । शुरुमा कम ब्याजमा ऋण लिन आग्रह गर्दै आए अहिले बढाएकाछन्, अर्का ब्यवसायीले भने ।

बैकले आफुखुसि रुपमा ब्याज बढाउनु गैह् कानुनी भएको दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बताए । उनले यस्ता नगर्न पनि बैकहरुसंग आग्रह गरेकाछन् ।

