काठमाडौं ।

केही दिन देखि सामाजिक संजालमा जिमखानामा कसरत गरिरहेकी एकजना वृद्ध आमाको तस्बिर भाइरल बनेको थियो । ती आमा काँडाघारीकी ज्ञानी माया हुन्।

ज्ञानी मायालाई हाड जोर्नी तथा नसाको समस्या थियो। त्यसकै उपचारको लागि उनी सुविधा सम्पन्न अस्पतालहरुमा गइन्। तर कहीं गएपनि उनलाई निको भएन । डाक्टरकै सल्लाहमा उनले घरमा थेरापी गर्न थालिन्। त्यसपछि उनी जिमखानामा गएपछि अनुशासनमा रहेर र निश्चित समय दिएर थेरापी गर्न सकिन्छ भनेर जिमखाना जान थालिन्।

विस्तारै उनले जिमखानाका विभिन्न अभ्यास सिक्दै गइन्। उनी अहिले ७७ वर्षकी भइन् र उनी जिम जान थालेको १३ वर्ष पुगेको छ। जिम जान थालेपछि शरीर फुर्तिलो र निरोगी भएको आमा ज्ञानी माया बताउँछिन् । उनलाई अहिले कुनै पनि रोग छैन। जिममा शारीरिक अभ्यासको लागि, फिटनेसको लागि आएका मानिसहरुलाई हेर्दै, उनीहरुसंग भलाकुसारी गर्दै जिम गर्दा उनलाई रमाइलो लाग्छ। जीवनका अबका वर्ष पनि उनी यसै गरि बिताउन चाहन्छिन्।

https://www.youtube.com/watch?v=y_5XK5kbNj8

