अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी शो नेपालमा आयोजित ‘बुगीवुगी’को उपाधी सर्लाहीकी १८ वर्षीया कविता नेपालीले जितेकी छिन् ।

एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन् । सर्लाहीकी कविताले उपाधिसँगै उनले नगद २५ लाख पनि जितेकी छिन् ।

यसैगरी फ्रस्ट रनरअप प्रगती पुन बनिन् । उनले ५ लाख रुपैयाँ जितेकी छिन् । भने सेकेन्ड रनरअप सरोज मोक्तान भए । भने उनले चार लाख नगद पाए । बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत् देशभरबाट तीन हजार डान्सर सहभागी थिए । उपाधी जितिसकेकी कबिता भन्छिन्, मलाईइ अझै निखारेर नेपाल मै केही गर्छु । पाएको २५ लाखले उनी आफ्नो बुवा आमाको लागि घर बनाउन चाहने सपना बोकेकी छिन् । बाँकी कुरा हेर्नुस् भिडियोमा ।



Views: 255

