काठमाडौं ।
नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँगको मत्रैपीपुर्ण खेल गुमाउने भएका छन् ।
एसियाडलाई यु–२३ को कप्तानीको जिम्मेवारी पाएको किरणले भिसा समस्याका कारण पहिलो मैत्रीपुर्ण खेल गुमाउने पक्का भएको हो । नेपालले मंगलबार थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ ।
बुधबारै माल्दिभ्सबाट काठमाडौं आएर भिसाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनुरोध गरेपनि उनको भिसा अझैपनि आएको छैन ।
शनिबार र आइतबार पनि सार्वजनिक बिदा हुने भएका कारण उनको भिसा सोमबार मात्रै आउने सम्भावना छ । उनी सोमबारै थाइल्यान्ड प्रस्थान गरेपनि पहिलो खेल गुमाउनेछ । नेपालले १० अगस्टमा थाइल्यान्डको यु–२३ टिमसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेलका लागि किरण उपलब्ध हुनेछन् ।
नेपाली यु–२३ टिम शुक्रबारै थाइल्यान्ड प्रस्थान गरेको थियो । एसियाड तयारीमा रहेको नेपालले थाइल्यान्डमा १० दिन प्रशिक्षण र सोही दौरान दुई मैत्रीपूर्ण खेल खेलेर एसियाडका लागि जाकार्ता प्रस्थान गर्नेछ ।