Aamsanchar

प्रधानमन्त्री ओलीका प्रमुख सुरक्षा गार्ड फेरिए

Author Image
आइतवार, साउन २०, २०७५

काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा गार्ड फेरिएका छन् ।

आइतबारदेखि प्रधानमन्त्रीको सुरक्षा गार्डको रूपमा डिएसपी राजन लिम्बुलाई पठाइएको छ । डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको सुरक्षा निर्देशनालयमा कार्यरत थिए ।

यसअघि प्रधानमन्त्रीको सुरक्षामा खटिएका डिएसपी सानुरमा भट्टराईको बढुवा भएर केन्द्रीय अनुसन्धान व्यूरोमा सरुवा भएपछि डिएसपी लिम्बुलाई पठाइएको हो ।

लिम्बु यसअघि तत्कालीन सभामुख सुवास नेम्वाङको सुरक्षामा खटिएका थिए । प्रधानमन्त्रीलाई सामान्यतया डिएसपीको कमान्डमा सुरक्षा व्यवस्था मिलाइएको हुन्छ ।

गत पुसमा केपी शर्मा ओली प्रधानमन्त्री हुनुभन्दा केही दिन अघि नै डिएसपी भट्टराई नेपाल प्रहरीका १० सुरक्षाकर्मीसहित सुरक्षा खटिएका थिए ।

Views: 317

प्रतिक्रिया (०)