तनहुँ,

सुरौदी खोलाले बगाउँदा तनहुँमा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–८ बस्ने ४० वर्षीय डम्बरबहादुर राना रहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो । माछा मार्न गएका बेला खोलाले बगाएका रानालाई प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरी अस्पताल पु¥याएका थिए ।

दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Views: 149

