काठमाडौँ,

नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका वडा नं २६ गोँगबुबाट लागुऔषधसहित मकवानपुरका ५० वर्षीय विष्णु क्षेत्रीलाई आज पक्राउ गरेको हो ।

ब्युरोले पक्राउ गरेका क्षेत्रीको साथबाट १०८ एम्पुल नोर्फिन, १०८ एम्पुल डाइजेपाम र १०८ एम्पुल फेनार्गन बरामद गरेको छ । प्रहरीले पक्राउ क्षेत्रीसँग आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Views: 118

