Aamsanchar

भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

Author Image
सोमवार, साउन २१, २०७५

काठमाडौं ।
आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन ।

उनीहरु मंगोलिय वर्णका २७ वर्षका जस्ता देखिने महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए ।

घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।

Views: 115

प्रतिक्रिया (०)