Aamsanchar

प्रतिनिधिसभाः सार्वजनिक सुरक्षा विधेयक प्रस्ताव स्वीकृत

Author Image
सोमवार, साउन २१, २०७५

काठमाडौँ। 

प्रतिनिधिसभाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक २०७५ दवाफार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यसअघि गृहमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

अर्थमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ढकालले प्रस्तुत गरेको लेखापरीक्षण विधेयक, २०७५ र बीमा विधेयक २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सदनले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

यसअघि सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको प्रतिनिधिसभाअन्तर्गतको विभिन्न विषयगत समितिमा रहने सांसदको नाम तथा तथा हेरफेरलाई सभाले अनुमोदन गरेको थियो । बैठकमा सभामुख महराले वर्तमान मन्त्रिपरिषद्को पछिल्लो विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन २७ गते अपराह्न १ बजे बस्नेछ ।

Views: 193

प्रतिक्रिया (०)