Aamsanchar

झापामा बन्दको अवज्ञा, जातिय अन्दोलन असफल बन्दै

Author Image
मङ्गलवार, साउन २२, २०७५

इलाम ।

लिम्बुवानले आह्वान गरेको अरुण पूर्व बन्दको झापामा कुनै प्रभाव नपरेको बताइएको छ । राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आह्वान गरेका हुन् ।

बन्दमा लिम्बूवान जनता पार्टी नेपाल, खम्बुवान मुक्ति मोर्चा संघीयवादी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीलगायत सात पार्टीले ऐक्यवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ । वर्तमान संविधानले मुलुकमा जाति, वर्ग, लिंग र समुदायलाई संवैधानिकरूपमा अधिकार सम्पन्न गराउन नसकेको आरोप लगाउँदै त्यसको विरोधमा उनीहरुले बन्द आह्वान गरेका हुन्।

प्रदेश नं १ को नाम किरात–लिम्बूवान–खम्बुवान हुनुपर्ने बन्दकर्ताद्वारा जारी अपिलपत्रमा उल्लेख छ । बन्दका कारण यस क्षेत्रका शैक्षिक संस्था बन्द रहेपनि झापामा भने यातायात सेवा बिहानैबाट सुचारु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

लिम्बुवानले साउन २२ गते आफ्नो लिम्बुवान राज्य पृथ्वीनारायण शाहले एकिकरण गरेको विरोधमा हरेक वर्ष बन्दको आह्वान गर्दै आएको छ । केही समय अघिसम्म जातिय मुद्धाले निकै प्राथमिकता पाउने गरेपनि पछिल्लो समय झापामा लिम्बसवानको आन्दोलन फितलो बन्दै गरेको लिम्बुवानकै कार्यकर्ताहरुले स्वीकार गरेका छन् ।

झापामा बन्द नभएपनि इलाम, पाँचथर, ताप्लेजुङ लगायतका पहाडी जिल्लाहरु बन्द रहेको जनाइएको छ । बिहानैदेखि यातायातका साधन नचल्दा यात्रु गन्तव्यमा पुग्न सकेका छैनन् । सडकमा यात्रुको बिचल्ली भएको छ ।

Views: 235

प्रतिक्रिया (०)