Aamsanchar

पत्रकारकै अगाडी यसो भन्दै रोए डा. केसी

Author Image
मङ्गलवार, साउन २२, २०७५

काठमाडौ,

२७ दिनसम्म अनसन बसेका डा। गोविन्द केसीले २५ औं दिनपछि भने आफूलाई ‘अब बाँच्दिनँ’ भन्ने लागेको बताएका छन् । अनसनपछिका १२ दिन उपचार गरेपछि मंगलबार पत्रकार सम्मेलनमा अनसन अनुभूति सुनाउँदै यसो भनेका हुन् ।

आफू शारीरिक रुपमा कमजोर हुँदै जाँदा पनि सरकार माग पूरा गर्न तत्पर नदेखिएपछि तीन करोड नेपालीका लागि ज्यान दिन मानसिक रुपमा तयार भएको बताए । त्यतिबेला जनताको सरोकारका लागि बरु मर्ने तर अनसन नतोड्ने दृढता बढेको उनले सम्झिए । ‘मर्छु भन्ने डर थिएन’, उनले भने, ‘म आफ्ना मागमा अडिग थिएँ ।’

डा केसीले आफू बिरामीको सेवामा रमाउने मान्छे भएकाले ६ हप्तासम्म पनि बिरामीको सेवा गर्न नपाएका कारण दुख लागेको बताए । ‘सरकारले मसँग गरेको सहमति कार्यान्वयन गरेको भए मैले अनसन बस्नुपर्ने थिएन । यति लामो समय बिरामीको सेवाबाट वञ्चित हुनुपर्ने थिएन’, उनले रुँदै भने, ‘मलाई भनेर कुरिरहेका बिरामीलाई पनि सेवा गर्न सकिनँ । त्यसका लागि म क्षमा माग्छु ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)