Aamsanchar

नक्कली पेस्तोलसहित दुई जना पक्राउ

Author Image
मङ्गलवार, साउन २२, २०७५

काठमाडौँ, 

महानगरीय प्रहरी परिसर काठमाडौँले लागुऔषध, नक्कली पेस्तोल र छुरीसहित दुई जनालाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले लागुऔषध, नक्कली पेस्तोल र धारिलो हतियार छुरीसहित भक्तपुरका राजकुमार केसी र अनिश थापामगरलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले पक्राउ परेकासँग ३६ एम्पुल डाइजेल्याब, ३४ एम्पुल फेनार्गन, मेड इन यूएस लेखिएको नक्कली पेस्तोल एक थान र धारिलो हतियार छुरी एक थान नियन्त्रणमा लिएको छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर