Aamsanchar

संघिय सरकारबाट पत्र नआएकोले प्रदेश सरकारको सार्वजनिक विदा पूर्वका विषयगत कार्यालयमा लागु नहुने !

Author Image
बुधवार, साउन २३, २०७५

पार्थ मण्डल/ झापा ।

प्रदेश १ का सरकारले भोली विहीवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । विश्व आदिवासी दिवसको अवसरमा साउन २४ गते प्रदेश १ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले पूर्वका १४ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेपनि पूर्वका विषयगत कार्यालयमा कार्यकरत निजामती कर्मचारीमा अन्यौलता सृजना भएको छ । उनीहरु विदा मनाउने कि कार्यालयमा जाने भनि दोधारमा छन् ।

प्रदेश सरकारले विदा दिने निर्णय गरेपनि संघिय सरकारबाट आधिकारीक रुपमा केही जानकारी नआएकोले पूर्वका विषयगत कार्यालयहरु खुल्ला रहने बुझिएको छ । ‘प्रदेश सरकारले विहीवार सार्वजनिक विदा दिने निर्णय गरेको छ’, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘गृह मन्त्रालयबाट सार्वजनिक विदा सम्बन्धी केही निर्णय नआएकोले जिल्ला प्रशासन कार्यालय झापा खुल्ला रहनेछ ।’

उनले भने, ‘गृह मन्त्रालयबाट विदा सम्बन्धी आधिकारीक पत्र नआएसम्म संघिय सरकार मातहात रहेको सम्पूर्ण बिषयगत कार्यालयहरु झापा खुल्ला रहनेछ ।’ विशेषगरी प्रशासन, अदालत, कोष तथा लेखा नियन्त्रक, मालपोत, नापी, शिक्षा, भूमिसुधार लगायतका कार्यालयहरु खुल्ला रहने बुझिएको छ ।

यता जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार १ नम्बर प्रदेश सरकारले विश्व आदिवासी दिवसको अवसरमा प्रदेश १ का सम्पूर्ण स्थानीय तह बन्द हुनेछ । उनले भने, ‘संघिय सरकार अन्तरगत रहेका कार्यालय खुल्ला हुने कि बन्द यस बिषयमा प्रशासन कार्यालय झापालाई थाहा हुन्छ ।’

त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख योगेन्द्रप्रसाद बरालका अनुसार संघिय सरकारले विदा नदिएकोले शिक्षा विकास तथा समन्वय इकाई खुल्ला रहेनछ, भने विद्यालय स्थानीय सरकारको मातहात रहेको स्थानीय तहले नै विदा दिन सक्छ । भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले विश्व आदिवासी दिवसको अवसरमा भद्रपुर नगरपालिका कार्यालयसहित झापाका सम्पूर्ण स्थानीय तह बन्द हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)