तिमीलाई देख्छु
मन रमाउन थाल्छ
मोहनी लगाउछौ सबैलाई
जय जय होस् भन्छु
मंगल होस् भन्छु
तिमीलाई देख्छु
मन रमाउन थाल्छ
सपना पनि आउछौ
बिपना पनि आउछौ
खोइ के के छ तिमीमा
सबैको हृदयमा बस्छौं
कमल चित्त छ तिमीमा
सबैको दिलमा बस्छौं
खुसी बनायौ जीवनमा
उत्साहले भरिदियौ जीवनमा
तिमी आएपछी जीवनले
कोल्टे फेरिदियौ
तिमीलाई देख्छु
मन रमाउन थाल्छ ।

अमित संग्रौला
हाल–युएई
(बिर्तामोड, झापा)
Views: 448

