काठमाडौं,

नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस्। नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ।

फौजदारी कसुर सम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा यस्तो व्यवस्था गरिएको खबर कान्तिपुर दैनिकमा छ।

उक्त ऐनको दफा २६३ मा भनिएको छ, ‘बैंक नोटमा लेख्न वा कोर्न हुँदैन। त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ।’

यो ऐन आउँदो भदौ १ देखि लागू हुनेछ। नोट फोहोर वा केरमेट गरेकै कारणले कैदवा जरिवाना हुने भएकोले यो पहिलो पटक हो। यसअधि जाली नोट कुसरमा मात्र जेल चलान हुने व्यवस्था थियो। राष्ट्र बैंकले नयाँ व्यस्थाअनुसार नोट केरमेट नगर्न÷गराउन बैक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

