दमक।

झापाकी सञ्चारकर्मी भारती राई इन्द्रबहादुर–देउमाया राई स्मृति पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएकी छन् । किरात राई यायोक्खाले स्थापना गरेको सो पुरस्कारबाट उनी नगद ७ हजार ३१ राशिसहित पुरस्कृत भएकी हुन् ।

यायोक्खाको ३१औं स्थापना दिवसका अवसर पारेर बुधबार दमकमा आयोजित कार्यक्रममा सञ्चारकर्मी राईसहित राई समुदायबाट हालैंको एसईईका विद्यार्थीहरु, साकेलाथान व्यवस्थापनमा सहयोग पु¥याउने अग्रजहरु तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई समेत पुरस्कार तथा सम्मान गरिएको थियो । उनीहरुलाई प्रदेशसभा सदस्य अर्जुन राईले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

पत्रकारिताका क्षेत्रमा योगदान पु¥याएवापत यसवर्ष भारतीलाई सो पुरस्कार दिइएको यायोक्खाका जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङले बताए । भारती हिमालयन टीभीमा आवद्ध छिन् ।

यसैगरी साकेलाथान व्यवस्थापनमा सहयोग पु¥याएवापत कमल गाउँपालिका–४का चन्द्रवहादुर राई, लोकबहादुर राई , मिलन रुछेन्बुङ र जङ्बहादुर राईलाई सम्मान गरियो भने जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरुलाई नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।
त्यस अवसरमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी जिल्ला अध्यक्ष हरिदेवी राई, शैक्षिक अगुवा सुजन राई, प्रविण चाम्लिङ, अक्षयकोष दाता ललित वान्तवालगायतले यायोक्खाको स्थापना दिवसको महत्वका बारेमा बोलेका थिए ।

