Aamsanchar

युएईमा विविध कार्यक्रमकासाथ २४ औं विश्व आदिवासी दिवस मनाइयो

Author Image
आइतवार, साउन २७, २०७५

सुर्य खवास/ युएई,

पहिचान, प्रतिनिधित्व र स्वायत्तताका लागि आदिवासी जनजातिको अडान, पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको २४ औं विश्व आदिवासी दिवस २०१८ भव्यताका साथ सम्पन्न भयो ।

राष्ट्रीय गानबाट शुरु भएको उक्त कार्यक्रम युएईकालागी नेपाली दुतावासका राजदुत सागर प्रसाद फुयालको प्रमुख आत्तिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथिको आशनबाट बोल्दै राजदुत फुयालले हालै युएई सरकारले गैरकानुनी तरिकाले युएईमा रहेका विदेशी कामदारहरुकोलागी दिएको आम माफीमा सहभागी भै गैरकानुनी रुपमा युएईमा रहेका नेपालीहरुले पनि उक्त अवसर को फाइदा लिन आग्रह गरे ।

विशेष अतिथिको आशनबाट बोल्दै महासंघका प्रमुख संरक्षक डेर राज गुरुङले उत्पीडित, अल्पसंख्यक र आदिवासी जनजातीहरुको हक र अधिकार को लागि संयुक्त राष्ट्र संघले १९९४ मा आदिवासी जनजातीहरुलाई सुचिकृत गरी हक र अधिकारका लागि लडन मद्दत गरेको बारे चर्चा गर्नु भयो भने अर्का विशेष अतिथि नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले आदिवासी जनजातीहरुले उठाइएको मुद्दाहरुलाई सरकारले संबोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आदिवासी जनजातिको हक अधिकार सथापित गर्न प्रवासबाट योगदान पुर्‍याउनु हुने विभिन्न व्यक्तित्वहरुलाई विशेष सम्मान गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरुमा नेफिन युएईका डिजाइनर प्रदिप कुमाल, फोनिज युएईका अध्यक्ष अनिस तामाङ, नेफिन बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ तथा युएइमा रहेर लामो समय देखि आदिवासी आन्दोलनमा सक्रिय रहेका नेपाल आदिवासी जनजाति महासंघ युएइका निवर्तवान अध्यक्ष एवं संरक्षक डि आर गुरुङलाई ताम्रापत्र सहित सम्मान गरिएको थियो ।

यसैगरि विभिन्न जातिय संस्थामा रहेर समुदायलाई महत्वपूर्ण योगदान दिनुहुने सम्बन्धित संस्थाले सिफारिस गरिएका हरेक संस्थाबाट महिला पुरुष गरि दुईजनालाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

महासंघमा आवद्ध जातिय समाजहरुले आफ्नो मौलिक पहिचान झल्कने स्टल राखिएको थियो भने आफ्नो मौलिक भेषभुषा सहित सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिय । उत्कृष्ट झाँकी प्रस्तुत गर्ने नेवा पुचस् युएई तथा उत्कृष्ट स्टल तर्फ तामाङ समाज युएईलाई पुरष्कृत गरिएको थियो ।

महासंघका अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको अन्य अतिथिहरुमा एनआरएनए युएईको अध्यक्ष रमेश श्रेष्ठ, आसा फाउन्डेन नेपालकि सञ्चालिका आसा लामा लगायत रहनु भएको थियो ।

फोनिज युएईको अध्यक्षमा तामाङ

आदिवासी जनजातिहरुको हक, अधिकार स्थापित गर्न तथा जनजातिका मुद्धालाई ससक्त रुपमा उठाउन पत्रकारिता  क्षेत्रामा कलम चलाउने पत्रकारहरुको छाता संगठन नेपाल आदिवासी जनजाती पत्रकार महासंघ युएई गठन भएको छ ।

अनिस तामाङको अध्यक्षतामा गठित महासंघको, उपाध्यक्षमा राजेश प्रधान, महासचिवमा फलेन्द्र बलामपाकी मगर, कोषाध्यक्षमा अन्जुली लोप्चन तामाङ, सचिबमा मान सिंह गुरूङ तथा सदस्यहरुमा क्रमशः सूर्य खवास, तिलक साम्पाङ राई, अंचल राई रहनु भएको छ । यसैगरी महासंघको प्रमुख सल्लाहकार बिनोद श्रेष्ठ, सल्लाहकार मुम्चे राई तथा संरक्षक नेफिन युएई पदेन का अध्यक्ष पासाङ शेर्पा [पदेन] रहनु भएको छ ।

यसैैैगरि भुवन थापा मगरको अध्यक्षतामा आदिवासी जनजाती कलाकार महासंघ गठन भएको छ । महासंघको उपाध्यक्षद्वमा क्रमशः डिके किराती र सन्दिप ग्याबा, महासचिबमा पेमा डिकी शेर्पा , सचिबमा मनिष लिम्बु, कोषाध्यक्षमा राजेन्द्र थापा मगर, सह(कोषाध्यक्षमा कामना क्षेष्ठ, प्रवक्तामा ईन्द्र कुमार सुनुवार तथा सदस्यहरुमा क्रमशः तुलसी महतो, किरण तमु, सरू सितल राई रहनु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर