Aamsanchar

धनसिं वाँध निर्माण भएपछि विर्तामोड वसपार्क क्षेत्र सुरक्षित

Author Image
आइतवार, साउन २७, २०७५

केशवराज भण्डारी/झापा,


झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ खरवन्दि स्थित अदुवा खोलामा बाँध निर्माण सम्पन्न भएको छ ।

अर्जुनधारा नगरपालिकाको २५ लाख अनुदान सहयोग, १ नम्बर प्रदेश सरकार संसद विकास कोष अन्तर्गतको रु ३ लाख र स्थानिय जन सहभागिता रु ४ लाख ६१ हजार ९ सय ७ रुपैयाँ ३३ पौसा गरी कुल ३२ लाख ६१ हजार ९ सय ७ रुपैयाँ ३३ पैसा लागतमा धनसिं वाँध निर्माण आधा सम्पन्न भएको अर्जुनधारा ९ का वडा अध्यक्ष पुष्प प्रसाइले जानकारी दिए ।

एका कार्यक्रमको आयोजना गरी सम्पन्न योजनाको आय ब्यय निर्माण उपभोक्ता समितीका सचिव मिलन राइ सार्वजनिक गरेका थिए । बाँध निर्माण कार्य यतिले मात्र सिमित नहुने र थप वाँध वाँध्नुपर्ने आवश्यकता रहेको वताउदै आगामि वर्ष यस योजनालाइ निरन्तरता दिनु पर्नेमा सचिव राइले जोड दिएका छन ।


वर्षेनि अजुवा खोलाको वाढिले प्रताडित स्थानिय वासिलाइ आधा क्षेत्र वाँध वाँधिएरै भए पनि केहि राहत पुगेको स्थानियहरु वताउँछन । सो बाँध नवाधिदा बर्षेनि आउने वर्षायामको वाढिले बिर्तामोडको वसपार्क क्षेत्र डुवानमा पर्ने गरेको थियो ।

यस वाँधको निर्माणकार्य आधा सम्पन्न भए पनि गत वर्षहरुको तुलनामा यस वर्ष ठुलै वर्षा भए पनि गत वर्षको तुलनामा कम क्षति हुने आकलन गर्न सकिन्छ । विर्तामोड नगरपालिकाले समेत चासो देखाएको सो बाँध निर्माणमा हाल सम्म भने कुनै सहयो नभएको नगरपालिकाको गुनासो छ ।

अव बाँकि रहेको ५० मिटर क्षेत्रमा पनि बाँध वाँध्न सकिएको खण्डमा विर्तामोड नगरपालिका क्षेत्र डुवानमा पर्ने सम्भावना टर्ने निश्चित छ ।

Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर