Aamsanchar

रेनोल्ट गाडीको लोकप्रियता बढदै, बिक्रीका हिसावले नेपालमा तेस्रो र झापामा दोस्रो

Author Image
आइतवार, साउन २७, २०७५

बिर्तामोड । छोटो समयमा ग्रहाकको मन जित्न सफल रेनोल्ट गाडी प्रति झापाका ब्यवसायी तथा उद्योगीहरुले चासो देखाएका छन् । शनिबार झापाको बिर्तामोडमा ग्रहक वर्गसंग गरिएको अन्र्तक्रिया कार्यक्रममा विभिन्न ब्यवसायी तथा उद्योगीका साथै विभिन्न क्षेत्रका प्रतिष्ठत ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

नेपालमा विशाल समूहअन्तर्गत रहेको एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडले रेनोल्टका गाडी भित्रियाएको हो । कम्पनीले रेनोल्टका क्विड,डस्टर सेगमेन्ट लगायतका कार भित्रियाएको छ । रेनोल्टको क्विड अन्तर्रा्ष्ट्रिय विस्तारको रणनीति तथा पहुँचको रणनीतिमा अग्रगामी कदमका रूपमा सफल भएको र नेपालमा तेस्रो स्थानमा व्यवसायिक सफलता हासिल गरेको कम्पनीले झापामा भने दोस्रो स्थानमा व्यवसायिक सफलता प्रप्त गरेको कम्पनीका महाप्रबन्धक अदितकुमार श्रेष्ठले बताए ।

नेपालमा रेनोल्टको आधिकारिक बिक्रेता एडभान्स अटो मोबाईलले कार प्रेमीहरुका लागि विभिन्न ब्राण्डका कारहरु उपलब्ध गराएको श्रेष्ठले बताए । उनले रेनोल्ट गाडी नेपालमा बिक्रिका हिसाबले तेस्रो स्थानमा रहेको र झापामा भने रेनोल्ट गाडी दोस्रो स्थानमा बिक्रि भइरहेको श्रेष्ठको भनाई छ । ग्राहकहरुले रेनोल्ट क्विडको २५।१७ किलोमीटर प्रति घण्टाको इन्धन खपतको क्षमता, १८० मिलिमीटरको ग्राउण्ड क्लियरेन्स, ७ इन्चको टचइन्फोटेनमेन्ट सिस्टम, तथा रिमोट सेन्ट्रल लकिंग, १६ इन्चको गन मेटल ह्विल्स, क्रुज कन्ट्रोल लगायतका अन्य सुविधाहरु ग्रहाकले प्राप्त गर्ने छन् ।

रेनोल्ट फ्रेन्च अटो मोबाईल उत्पादक भएको उनको भनाई छ । डस्टर रेनोल्टको आधारभूत विशेषताको नवीन अवधारणाको सही उदाहरण रहेको कम्पनीले जनाएको छ । डस्टर दक्षता, विश्वसनीयता, मूल्यको महत्वका साथै राम्रोसँग समेटिएको र सेगमेन्ट ब्रेकिङ उत्पादनका साथसाथै सेडानको विकल्पको रूपमा आएको प्रिमियम एसयूभी हो । कम्पनीले यी गाडीमा इन्जिनियरिङ, स्टाइल, सुरक्षा र आरामदायी सुविधालाई प्राथामिकताका रूपमा लिएको कम्पनीले जनाएको छ ।

रेनोल्टको विश्वव्यापी समूहले डिजाइन तथा विकास गरेको हो, जसले साँच्चिकै अन्तराष्ट्रिय स्तरमा धेरैले मन पराउने कार बनाएको कम्पनीका नेपालका आधिकरिक बिक्रेता एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडका बजार ब्यवस्थापक विपुल भट्टराईले बताए । कम्पनीले बिर्तामोडमा सहारा ग्रुपसंगको सहकार्यमा रेनोल्टका गाडीहरु झापाली माझ  ल्याएको सहारा ग्रुपका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए । उनले रेनोल्टका हरेक उत्पादनहरु अब सहारा मार्फत बिर्तामोडमा बिक्रि वितरण हुने जानकारी गराए ।

सहारा अटो मोवाईल्स प्राईभेट लिमिटेड अन्तरगत संचालित रेनोल्ट सेगमेन्टका प्रवन्धक ओमप्रकाश बिमलीले रेनोल्ट गाडीको विशेषताका बारेमा ग्रहाकलाई प्रष्ट पारेका थिए । ४८ लाखदेखि ६८ लाख रुपैंयासम्ममा भने जस्तो सुविधासम्पन्न गाडीहरु उपलब्ध गराइएको बताइएको छ । सहारा ग्रुपका अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा एडभान्स अटोमोबाइल्सका महाप्रबन्धक अदितकुमार श्रेष्ठ, बजार ब्यवस्थापक विपुल भट्टराई,  मनमोहन हस्टिलका अध्यक्ष नरेश खतिवडा लगायतको आतिथय रहेको थियो । कार्यक्रममा सयबढीको सहभागिता रहेको  कार्यक्रमको संचालन जेत पौडेलले गरेका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर