Aamsanchar

अर्जुनधारामा यौनजन्य हिंसाका घटना बढेपछि सालबारीमा विरोध प्रर्दशन

Author Image
आइतवार, साउन २७, २०७५

अर्जुनधारा,

केही समयता झापाको अर्जुनधारामा श्रृखलाबद्ध रुपमा बिभिन्न स्थानमा यौनजन्य हिंसा लगायतका घटनाहरु बढेँपछि अर्जुनधारा–११ का विभिन्न सामाजिक संघसंस्थाहरुले अपराधिक घटनामा संम्लग्न व्यक्तिहरुलाई कारबाहीको माग गरेका छन् ।

समाजमा बिकृति र बिसंगती फैलाउने प्रयास भइरहेको भन्ने कुरा प्रति उनीहरुले संयुक्त रुपमा कार्यक्रम गर्दै विरोध समेत जनाएका छन् ।अर्जुनधारा–११ स्थित सालबारीमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरुले संयुक्त रुपमा विरोध गरेका हुन् ।

उक्त वडामा क्रियाशिल नेपाल कम्युनिष्ट पार्टी, नेपाली काग्रेस, तरुण दल, युवा संघ नेपाल, अ.ने.म. संघ, जुनकिरी प्रा.वि., एभर ग्रिन इ¨लिस बोर्डिङ स्कुल, गौरी शंकर शिवालय मन्दिर परिवार, प्रगति सामुदायिक वन उपभोक्ता समूह, पारिजात महिला फुटबल क्लब, सालबारी सितोरिया कराँते डोजो, नयाँ बिहानी युवा फाउण्डेशन, बसपार्क गाइज युवा परिवार सहितका सामाजिकसंघ, संस्थाहरुले अपराधिक घटनामा संम्लग्नलाई कानूनी दायरामा ल्याउन स्थानीय सरकार, प्रहरी प्रशासनलाई ध्यानआकर्षण गराएका छन् ।

पारिजात महिला फुटबल संघका अध्यक्ष इन्द्रिरा गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ने.क.पा. का नगर अध्यक्ष प्रेम सागर सापकोटा, युवा संघका नेता लवकुश गौतम नेपाली काग्रेसका प्रतिनिधि गंगा प्रसाद मैनाली, महारानीगञ्ज मा.वि.का व्यवस्थापन समितिका अध्यक्ष रोहितमान ढकाल, अ.ने.म. संघकी महिला नेतृ माया बाघदास, तरुण दलका प्रतिनिधि डम्बर चौधरी लगायतले अपराधिको मनोवृद्धि बढ्दै गएकाले अपराधिको पक्षमा लागेर जोगाउनेलाई सामाजिक रुपमा बहिस्कार गर्नुपर्ने धारणा व्यक्त गरेँ ।

कार्यक्रममा बोल्ने अधिकास वक्ताहरुले महिला तथा बालिका माथिको शारिरीक दुव्र्यबहार तथा ज्यादती विरुद्ध नगर क्षेत्रमा शान्ति कायम राख्दै सम्भाबित घटनाको रोकथाम र नियन्त्रण गर्ने कार्यमा सम्बन्धित निकाय अग्रसर हुनुपर्नेमा समेत जोड दिए । ती संघसंस्थाहरुले जिल्ला प्रशासनमा पुगी ज्ञापनपत्र समेत बुझाएको युवा संघका केन्द्रिय सदस्य पत्तुस आजाद रानाले बताए ।

Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर