झापा ।

हडियाँ रेगुलेटर सिँचाई जल उपभोक्ता संस्थाको आयोजनामा १ दिने हिउँदे वाली व्यवस्थापन सम्बन्धी सरोकारवाला कार्याहरुसंगको अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शंकर प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन सिँचाई कार्यलय झापाका प्रमुख इश्वरी प्रसाद तिवारीको प्रमुख आतिथ्यता तथा कृषि सेवा केन्द्र चारआलीका प्रास कविता पौडेलको विशेष आतिथ्यतामा सम्पन्न अन्तरक्रियामा संस्थाका ६ वटा समुहका करिब ६० जना उपभोक्ताको उपस्थिती रहेको थियो ।

हडिंया रेगुलेटर आयोजनाको यसै आर्थिक वर्षमा निमार्ण सम्पन्न भएपछि मेचीनगर १४ को ३०० हेक्टर जमिनमा १२ महिना पानी संचालन हुने भएपछि हिउँदे वाली समेत सहज रुपमा खेती गर्नका लागि मलबीऊको सौलियत उपलब्धताका लागि अन्तरक्रिया कार्यक्रममा उपभोक्ताहरुले आवज उठाएका थिए ।

सो कार्यक्रममा सम्बोधन गर्दै अतिथिहरुले कार्यालय समायोजन प्रकृयामा रहेको ले आफ्ना सबै समस्याहरु स्थानीय तह मार्फत प्रेषित गर्न सुझाव दिएका थिए । नेपाल सरकारको पाँच करोडको लागत सहभागितामा निमार्णाधिन अवस्थामा रहेको यो आयोजनालाई कृषि क्षेत्रमा यहाँको मुहार फेर्ने आयोजनाको रुपमा हेरिएको छ ।
संस्थाका सदस्य गोपीराज मैनालीले शाब्दिक स्वागत तथा कोषाध्यक्ष अभिनारायण मैनालीले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको संचालन संस्थाका सचिव अनिल ढुंगानाले गरेका थिए ।

