Aamsanchar

कुखुरा, परेवा र साइकलमा पनि ‘कर’ लगाउन खोजिए संघीता धरापमा पर्ने सांसद त्रिपाठीको चेतावनी

Author Image
सोमवार, साउन २८, २०७५

काठमाडौं ।

सत्तारुढ दल नेकपाका सांसद् हृदयेश त्रिपाठीले जथाभावी कर लगाउने परिपाटीले संघीयतालाई बद्नाम गराउने काम भइरहेको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर उनले जथाभावी कर लगाृउने परिपाटी अन्त्य गर्नुपर्ने भन्दै सरकार र संसदको ध्यानाकर्षण गराएका छन् । यसरी मन लाग्दी कर लगाएर संघीयताको बद्नाम गरेर यसलाई कमजोर बनाउने क्रियाकलापलाई अन्त्य गरिनुपर्ने उनको भनाइ छ ।

स्याङ्जामा एकजना ज्योतिषीलाई दुई हजार कर तिराएको प्रसङ्ग निकाल्दै सांसद त्रिपाठीले कुखुरा, परेवा र साइकल मात्रै होइन अब मान्छेलाई पनि कर लगाउन खोजिए संघीयतालाई असर गर्ने भन्दै सरकार र संसद्को ध्यानाकर्षण गराए ।

स्थानीय तथा प्रादेशिक सरकारले आफू खुसी कर लगाउन थालेपछि सांसदहरुले सरकार र संसद्को ध्यानाकर्षण गराएका छन् । साथै सांसद त्रिपाठीले चिनी उद्योगले हालसम्म किसानको बक्यौता नदिएकोमा पनि सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको बैठक अहिले पनि बसिरहेको छ ।

Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर