काठमाडौं,

प्रतिनिधिसभा संसदका विभिन्न समितिहरूका सभापतिको निर्वाचन मिति तोकिएको छ। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले संसदीय समितिहरूका सभापतिको निर्वाचन मिति तोकेका हुन्।

उनले भदौ ५ गते बिहान ११ बजे हुने भनेर निर्वाचनको मिति तोकिएको सांसदहरूलाई जानकारी दिएका हुन्। त्यस्तै, सभामुख महराले निर्वाचन कार्यतालिका आजै सार्वजनिक गर्न संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका छन्।

प्रतिनिधिसभाका समितिहरूमा लेखा समिति बाहेक सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गर्ने बहुमत छ। परम्परा अनुसार लेखा समितिको सभापति भने प्रतिपक्षी दललाई दिने प्रचलन रहेको छ।-थाहाखबरबाट

Views: 118

