एजेन्सी।
अमेरिकाको एरिजोनाका एक पुलिस अफिसरले अफिसमै सेक्स गर्दै त्यो भिडियो आफ्नै बडी क्यामेराले रेकर्ड गरेर अफिसकै कम्प्युटरमा सेभ गरेको पाइएपछि उनलाई निलम्बन गरिएको छ । अफिसर एन्थोनी डोरानले त्यो भिडियो क्लिपलाई आफ्नै कम्प्युटरमा सेभ गरेर राखेको पाइएको छ । यो घटना तबमात्र प्रकाशमा आएको हो जब उनीमाथि एक व्यक्तिलाई झुटो केसमा पक्रेको र यातना दिएको आरोप लाग्यो ।
उनीमाथि यो आरोप लागेपछि अधिकारीहरुले उनको कार्यालयको तलासी लिए त्यसपछि उनको सेक्सटेपसँगै ३६ जीबी साइजका अश्लील भिडियो र फोटोहरु थिए । उनले यी सबैलाई अफिसकै कम्प्युटरमा ‘फन टाइम’ नामको फोल्डरभित्रसेभ गरेर राखेका थिए । एन्थोनीले यो भिडियो क्लिप खिचेका बेला आफू ड्युटीमा नभएको बताएका छन् । अप्रिल २०१७ मा रेकर्ड गरिएको ४ मिनेट लामो सेक्सटेपमा भने उनी पुलिस युनिफर्ममै छन् ।
भिडियोमा उनले शरीरको माथिल्लो भागमा युनिफर्म लगाएका छन् । तल्लो भाग भने नाङगै छ । उनी कुर्सीमा बसेका छन् र उनीमाथि एक नग्न महिला छिन् । ती महिला भने पुलिस होइनन् । एन्थोनीले राखेका फोटोहरुमा उनकी ५ वर्षकी छोरीको नग्न फोटोसमेत भेटिएको छ । डीसीनेपालबाट
हेर्नुहोस् भिडियो –
https://www.youtube.com/watch?v=whM_fyjuKqg